शिक्षा

शिक्षा

"शिक्षामा गरिएको लगानीले सबैभन्दा राम्रो प्रतिफल दिन्छ"
"शिक्षा यस्तो शक्तिशाली हतियार हो, जसको प्रयोगले संसार बदल्न सक्छौ"
"जसले विद्यालय खोल्छ, उसले जेलको ढोका बन्द गर्न मद्दत गरिरहेको हुन्छ"

यी भनाइहरूले नै मानव जीवनमा शिक्षाको महत्वलाइ प्रष्ट पारेकोछ । प्राणीहरू मध्ये मानिस सर्वश्रेष्ठ प्राणी हुनुको मुख्य कारण शिक्षा नै हो । शिक्षा र मानव सभ्यता बिच परिपुरक सम्बन्ध रहेकोछ । शिक्षा बिना सभ्यता विकास असम्भव हुन्छ भने सभ्यताको विकासले संगसंगै शिक्षा र शिक्षण पद्धतिलाइ पनि समानान्तर रूपमा विकसित र परिस्कृत बनाउँदै लगिरहेकोछ ।

आजको व्यवसायिक जीवनशैलीमा शिक्षालाइ अर्थोपार्जनको माध्यमको रूपमा विशेष प्राथमिकता दिन थालिएकोछ । जुन बिल्कुल गलत पनि हैन तर व्यवसायिक शिक्षासंगसंगै नैतिक र व्यवहारिक शिक्षा पनि समानान्तर रूपमा अघि बढाउनु अत्यावश्यक छ ।

नैतिक शिक्षा बिनाको शिक्षा रस बिनाको फल जस्तै हो जुन फलले भोक त मेटाउँछ तर पोषण दिंदैन । समाजलाइ पोषण दिन र सभ्यताको विकास गर्न नैतिक र व्यवहारिक शिक्षा बिना सम्भव छैन् । शिक्षाक्षेत्रकै पृष्ठभुमीबाट आएको र प्रदेश सभामा पनि शिक्षा, स्वास्थ र कृषि समितिको सदस्यको जिम्मेवारीमा रहेको कारण गुणस्तरिय शिक्षामा नागरिकको सहज पहुँच वा भनौँ गुणस्तरिय शिक्षालाइ हरेक नागरिक सम्म पुर्याउने दायित्व विशेषरूपले बोध गरेकोछु र मेरो मुख्य लक्ष्य पनि यही रहेकोछ ।

Scroll to Top