स्वास्थ
स्वास्थ
आरोग्य परमा लाभ
''Health is Wealth''
”Health is Wealth” भन्ने भनाइ त हामी सबैले सुन्दै र सुनाउँदै आइरहेकै शब्दावली हो । वास्तवमा मानिसको सबैभन्दा ठूलो धन स्वास्थ नै हो स्वस्थ मानिसले मात्र इच्छाइएका कामहरू सम्पन्न गर्न सक्छन । स्वस्थ नागरिकबाट मात्रै राष्ट्रलाइ लाभ प्राप्त हुन्छ तसर्थ नागरिकलाइ स्वस्थ बनाउने दायित्व पनि सरकारकै हो । ऐतिहासिक संविधान सभाले दायित्व बोध गरि संविधानमा नागरिकको ४६ मौलिक हकहरू मध्ये स्वास्थ सम्बन्धी हक र अधिकारलाइ विशेष प्राथमिकताका साथ व्यवस्था गरेकोछ ।
संविधानमा मौलिक हक र अधिकारको रूपमा राखेर मात्र सरकारको दायित्व पुरा हुँदैन त्यस्को सुनिश्चितता र कार्यान्वयन पक्ष अझ बढी महत्वपूर्ण पक्ष हो । नेपालको संविधानले नेपालको केन्द्रीकृत एकात्मक शासन प्रणालीलाई विकेन्द्रीत गरि संघीय संरचनामा रुपान्तरण गरेको छ। त्यसको परिणाम स्वरूप हाल संघीय सरकारका ७ वटा प्रदेश सरकारहरू र ७५३ वटा स्थानीय तहहरू गठन भई कार्यसञ्चालन गरिरहेका छन । यसमध्ये बागमति प्रदेश भौगोलिक, जातिय, सामाजिक, साँस्कृतिक लगायत विशिष्ट विशेषता भएको प्रदेश हो ।
”स्वस्थ नागरिक गुणस्तरिय जीवनयापन” भन्ने वागमति प्रदेश सरकारको नारालाइ सफल बनाउनु प्रदेश साँसद एवं शिक्षा, स्वास्थ र कृषि समितिको सदस्यको हैसियतले मैले विशेष दायित्व बोध गरेकोछु र मेरो प्रयास रहनेछ ।
