About Us
परिचय
माननीय शुष्पा भुजेल न्यौपाने
समाज रुपान्तरणका संवाहक
- वागमति प्रदेश सांसद ।
- शिक्षा, स्वास्थ, कृषि तथा खेलकुद समिति सदस्य ।
- वागमति प्रदेश सचिवालय सदस्य, ने.क.पा. (माओवादी केन्द्र) ।
- औपचारिक शिक्षाः
- PhD Candidate(नेपाली साहित्य)
- LLB
- Civil Sub-overseer,
- बुबा चन्द्र बहादुर भुजेल र आमा सीता कुमारी भुजेलको ३ छोरा र २ छोरी मध्ये कान्छी छोरीको रूपमा मिति २०४१ साल मंसीर १५ गते सिन्धुली जिल्लामा जन्म ।
वैदेशिक भ्रमणः
- थाइल्याण्ड
- सिंगापुर
- भारत
- श्रीलंका
- जापान
राजनीतिक यात्राः
- कक्षा ८ मा पढ्दापढ्दै विद्यार्थी राजनितिमा प्रवेश गरि सामाजिक विभेद र असमानताको विरूद्ध लड्न स्कुल ड्रेसमै माओवादी लडाकुको रूपमा जनयुद्धमा सहभागि भइ कम्पनी कमाण्डर तह सम्म पुगी सफलता पुर्वक विभिन्न युद्ध मोर्चा सम्हालेको अनुभव ।
- २०६१ बैशाख १ गते सेनाको ड्रेसमै जनवादी विवाह, २०६३ बैशाख १० मा सिन्धुपाल्चोकको चौतारा मोर्चामा शहादत प्राप्त गरेका जनयुद्धका अन्तिम शहीद श्रीमान विजय न्यौपानेको आदर्श शहिद पत्नीको उदाहरणीय भुमिकामा राजनीतिमा सक्रिय ।
- २०६२/६३ को शान्ति सम्झौता पश्चात राज्य कमिटी सदस्य तथा बटालियन सह कमाण्डर एवं १ मात्र महिला तालिम विभाग सदस्यको रूपमा हात्तीखोर क्यान्टोनमेन्टमा क्षमता प्रदर्शन गरि २०६९ को लडाकु समायोजन अन्तर्गत स्वेच्छिक अवकाश लिइ जागिर गर्दै पुर्णकलिन राजनीति मार्फत समाजसेवामा सक्रिय ।
- २०७४ सालको पहिलो स्थानीय तह निर्वाचनमा गोलन्जोर गाउँपालिकाको उपाध्यक्षको उम्मेद्वार भइ सम्मानजनक मत सहित निकटतम प्रतिस्पर्धी ।
- २०७४ सालको प्रदेश तह निर्वाचनमा वागमति प्रदेशमा समानुपातिक उम्मेद्वार ।
- २०७९ सालको प्रदेश तह निर्वाचनमा समानुपातिक प्रणाली तर्फ निर्वाचित भइ वागमति प्रदेश सभा सदस्य ।
