क्षतिको विषयमा मन्त्रालयहरूमा छलफल

Date : october 23, 2024
असोज महिनामा अविरल वर्षका कारण सिन्धुली जिल्लाका पालिकाहरू सुनकोशी गाउँपालिका, गोलान्जोर गाउँपालिका, फिक्कल गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा भएको क्षतिको विषयमा विषयगत मन्त्रालयहरूमा पुगी सुझाव तथा छलफल गर्नुहुँदै बागमती प्रदेश सांसद माननीय शुष्पा भुजेल
१) खानेपानी तथा सिँचाइ सम्बन्धी बागमती प्रदेश खानेपानी तथा सिँचाई मन्त्रालयका माननीय मन्त्री- श्याम बहादुर खड्का
२) बागमती प्रदेश मन्त्रिपरिषद्को कार्यालयले विविध विषयमा गरेको निर्णय र कार्यान्वयनको अवस्थाबारे छलफल आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री माननीय -सुरज चन्द्र लामिछाने
३) श्रम रोजगार तथा यातायात मन्त्रालयबाट तयारीमा रहेका विविध कार्यक्रमको विषयमा छलफल माननीय मन्त्री -प्रेमभक्त महर्जन।
४) बाढी पहिरोका कारण पूर्ण क्षति र आंशिक क्षति भएका विद्यालयहरूको अवस्था र यसलाई सुचारु गर्नका निमित्त प्रदेश सरकारका कार्यक्रमको सन्दर्भ साथै विविध विषयमा तयार भएको कार्यक्रमको सवालमा छलफल सामाजिक विकास मन्त्रालयको सचिवालयसँग छलफल।
५) बाढी पहिरोबाट प्रभावित क्षेत्र र तयार भएका विभिन्न योजनाहरूको विषयमा छलफल भौतिक पूर्वाधार विकास मन्त्रालय को सचिवालयसँग।

Scroll to Top