परिवर्तन सम्भब छ, सुरुवात हामिले नै गर्ने हो

Date : December 20, 2022
परिवर्तन सम्भब छ, सुरुवात हामिले नै गर्ने हो ✊
धन्यवाद globlemedia ।

संविधान कार्यान्वयन, उत्पीडित समुदायको हितमा आवाज उठाउने छु : सांसद सुष्पा भुजेल
काठमाडौं । वाग्मती प्रदेशका सांसद सुष्पा भुजेलले आउँदो संसद् बैठकहरुमा संविधान कार्यान्वयन, उत्पीडित समुदायको हितमा आवाज उठाउने बताएकी छन् । ग्लोबल मिडियासँगको कुराकानीमा उहाँले अनावश्यक विषयलाई परिमार्जन गरी संविधान कार्यान्वयनका विषयलाई प्राथमिकता साथ सदनमा आवाज उठाउने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘नेपालको संविधान गीता, भागवत, पुराण जसरी नै बुझ्यौं र त्यसैअनुसार एनलाईसिस गर्‍यौं, तर नागरिकले चाहेको कुरा यो होइन, संविधान भनेको देशको मूल कानुन हो, मूल कानुनभित्र भएका कुराहरु कार्यान्वयन भयो कि भएन भन्ने कुरा उठान गर्नु एउटा सांसदको जिम्मेवारीमा पनि पर्छ ।’ उहाँले आफ्नो क्षेत्रमा आवश्यकता र भूगोलअनुसार अध्ययन गरेर विकासका कामलाई अघि बढाउन पहल गर्ने पनि बताउनुभयो ।

सांसद भुजेलले विकास भनेको बाटो, पुलपलेसामात्रै बनाउनु नभई युवाको क्षमता विकासमा पनि लाग्नुपर्नेमा जोड दिनुभयो । युवाहरु रोगजारमूलक बन्नुपर्ने र युवा उमेरको महत्वपूर्ण समय खेर जान नहुने भन्नुहुदै सांसद भुजेलले युवा, महिला तथा बालबालिका, पिछडिएका वर्गको हितमा काम गर्ने बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, ‘उथलपुथलै हुने गरी काम गर्छु भन्न सक्दिनँ । तर युवा, पछाडि पारिएका र परेका वर्गको हितमा काम गर्न सुरुवात गर्छु ।’ समुदायसँग प्रत्यक्ष जोडिन जरुरी भएको र हरेक विषयमा काम गर्दा सम्बन्धित क्षेत्रका विज्ञसँगको छलफल तथा अनुसन्धानपछि काम गर्न सकिएमा राम्रो हुने उहाँको बुझाइ छ । नागरिकको आवश्यकताअनुसार मात्रै विकासका कामलाई अघि सारिने उहाँले बताउनुभयो ।

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  २१:३३

Scroll to Top