परिवर्तन सम्भव छ

Date : December 27, 2022
सरकारी स्कुलको शिक्षा सुधार गर्ने मेरो पहिलो योजना : सांसद भुजेल
सिन्धुली–सामुदायिक विद्यालयको शिक्षा सुधार गर्ने पहिलो योजना बनाएको बागमती प्रदेशसभा सदस्य सुस्पा भुजलले बताउनुभएको छ ।

आइतबार पत्रकारसँग छलफल गर्दै सांसद भुजेलले शिक्षा क्षेत्र सुधार गर्ने बताउनुभएको हो । सामुदायिक विद्यालयको स्तर सुधार्नका लागि व्यवहारिक र प्राविधिक शिक्षाको सुरुवात गर्नुपर्नेमा उहाँ बताउनुहुन्छ । “प्राविधिक र व्यवहारिक शिक्षा अहिलेको आवश्यता हो । परम्परागत शिक्षण विधि परीवर्तन गर्न आवश्यक छ । प्रविधिको विकास भइरहेकोले विद्यालयमा प्रविधिको प्रयोग बढाउनुपर्छ ।” उहाँले भन्नुभयो । वैकल्पीक सिकाईमा जोड दिने, प्राविधिक शिक्षा, अभिभावक शिक्षा, आवश्यक शिक्षकको व्यवस्था गरी शैक्षिक प्रणालीमा सुधार ल्याउने प्रयास गर्ने सांसद भुलेलले बताउनुभयो ।

यस्तै, हालको पढाइले ज्ञान बढाएको तर सिप विकास गर्न नसकेकाले आधारभूत तहदेखि नै प्राविधिक शिक्षामा जोड दिनुपर्ने पत्रकारले सुझाब दिएका छन् । सामुदायिक विद्यालयमा अंग्रेजी भाषालाई प्राथमीकतामा राख्न सके सामुदायिक विद्यालयको स्तर सुधार हुने उनीहरुको भनाइ थियो । नीजी विद्यालयमा अंग्रेजी भाषामा पढाइ हुने भएकाले यसतर्फ अभिभावकहरुको चासो बढेको पाइएकाले सामुदायिक विद्यालयमा समेत यो अभ्यासको सुरुवात गर्नुपर्ने उनीहरुको सुझाब छ । साथै विद्यालयमा राजनीति हुने गरेकाले पनि शैक्षिक क्षेत्रमा समस्या भएको पत्रकारले बताएका थिए ।

See Translation

Scroll to Top