शिक्षक शिक्षिकाहरूको विदाई कार्यक्रम

Date : July 19, 2024
आज १९ जुलाई २०२४ तदनुसार २०८१ साल साउन ४ गते। खनियाबास गाउँपालिकाका विभिन्न विद्यालयहरूबाट तालिमको लागि थाइल्याण्डमा आइरहनुभएका शिक्षक शिक्षिकाहरूको विदाई कार्यक्रम थियो। उक्त कार्यक्रममा UG5 नेपालका डाइरेक्टर श्रदय भन्ते थावन थावरो उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी ख्लोङ साम नगरपालिका थाइल्याण्डका उपमेयर ज्यू, विद्यालयका प्रधानाध्यापिका ज्यू लगाएत शिक्षिकाहरु पनि उपस्थित हुनुहुन्थ्यो । नेपालका तर्फबाट माननीय प्रदेश सांसद सुष्पा भुजेल न्यौपानेज्यू, खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङज्यू । विदाईको उक्त अवसरमा थाई पक्ष र नेपाली पक्षका शिक्षक शिक्षिकाहरूको आँखा आँसुले भरिएको थियो, विदाईको मन्तव्य राख्ने क्रममा माननीय सुषमा भुजेल ज्यूले लिडरको आँखामा आँसु होइन दृड संकल्प चाहिन्छ भनेर सबैलाई हौसला प्रदान गर्नुभयो । जीवन उपयोगी UG5 तालिम बागमती प्रदेशका १३ वडा जिल्लामा रहेका ११९ वटै पालिकाहरूका विद्यालयहरूमा लागू गर्नुपर्ने र सो कार्यक्रम लागू गर्नको लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने साथै तिनै तहका सरकारहरू संघीय सरकार प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उक्त कार्यक्रम व्यवस्थापनमा सहभागी सम्पूर्ण सदस्यज्यूहरूलाई धन्यवाद पनि ज्ञापन गर्नु भयो ।

Scroll to Top