युवा, महिला र विपन्न वर्गको पक्षमा काम गर्नेछु : उम्मेदवार भुजेल

Date October 18, 2022
सिन्धुली । नेकपा माओवादी केन्द्रकी नेता तथा वाग्मती प्रदेश सिन्धुली १ को प्रदेशसभा समानुपातिक उम्मेदवार सुष्पा भुजेलले आफू निर्वाचित भएमा युवा, महिला, गरिब तथा विपन्न वर्गको आवश्यकता सम्बोधन गर्न लागीपर्ने बताउनुभएको छ ।

दुधौली नगरपालिकाको निपानेमा सोमबार आयोजित बाम गठबन्धनको संयुक्त कार्यक्रममा उहाँले आफू निर्वाचित भएको खण्डमा प्रत्यक्षरुपमा नागरिकको सेवामा लाग्ने विश्वास दिलाउनुभएको हो । १४ वर्षको उमेरदेखि नै आफू नागरिकको न्यायका लागि संघर्ष गर्दै आएको जानकारी दिनुहुँदै उहाँले आफ्नो पक्षमा भोट दिन पनि नागरिकलाई आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘२०७४ सालको चुनावमा सिन्धुलीले दुई जना महिला सांसद पाए पनि नागरिकको समस्यालाई सम्बोधन गर्न सकेनन् । म निर्वाचित भएमा नागरिकको पक्षमा निरन्तर लागीरहने प्रतिबद्धता जनाउन चाहन्छु ।’

प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९  ०७:२३
Source : https://www.globlemedia.com

Scroll to Top