सरकार निरन्तर उद्धार खोज र राहत जुटाउन केन्द्रित छौं।

Date : September 30, 2024
धेरै सपनाहरु बगरमा परिणत भयो । धेरै सपनाहरूको अल्प आयुमै निधन भयो । तर यो विपत्ति सामना गर्नुको विकल्प छैन। त्यसैले हामी तिनै तहको सरकार निरन्तर उद्धार खोज र राहत जुटाउन केन्द्रित छौं। तपाईंहरूको अमूल्य सहयोगको अपेक्षा पनि गरेका छौं। सकेको सहयोग सबैले गरौं विपतमा पर्नुभएकोलाई सहयोग गरौं। यो विपतमा राजनीतिक भाग बण्डा गर्ने काम नगरौं , यो विपतमा हुने नहुने कुराको कसैले पनि भाइरल बन्ने कुचेष्टा नगरौँ। सकिन्छ सहयोग गरौं। नसक्दा अनावश्यक सरकार विभिन्न सरोकारवाला व्यक्तिहरु दात्री निकायहरू र निरन्तर सेवामा खट्नुभएका सरकार मातहतका सम्पूर्ण संयन्त्रहरुलाई गाली गरेर भाइरल बन्ने काम नगरौँ। आज दिनभर खुर्कोट देखि विभिन्न स्थानमा खटिनु हुने सहभागी हुनुहुने सबै सबैमा हार्दिक धन्यवाद।

Scroll to Top