Date : September 8, 2024
शैक्षिक अन्तरक्रिया कार्यक्रम श्री माध्यमिक विद्यालय नयाँ खर्क गोलान्जोर गाउँपालिका -५ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री कुमारलाल श्रेष्ठ को अध्यक्षतामा कार्यक्रमको सुरुवात भएको थियो ।बागमती प्रदेश सांसद शुष्पा भुजेल को प्रमुख अतिथ्यता साथै अभिभावक, शिक्षक र विद्यार्थी हरूको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम भएको थियो सो कार्यक्रमका सञ्चालक शिक्षक नवराज थापाले गरेका थिए कार्यक्रममा सबैले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार्नको लागि आफ्नो तर्फबाट भएका समस्याहरू सुधार्दै गुणस्तरीय शिक्षाका लागि प्रतिबद्धता समेत गरिएको छ । अभिभावक , शिक्षक र विद्यार्थी सबैलाई सक्रिय सहभागिताको लागि धन्यवाद ।
२०८१-०५-२३ गते

