Date : November 24, 2024
बागमती प्रदेश सरकार
सामाजिक विकास मन्त्रालय
सामाजिक विकास कार्यालय हेटौंडा
प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना
(प्रकाशित मिति २०८१/०८/०५ गते)
चालु आ व २०८१/०८२ मा यस कार्यालयको स्वीकृत वार्षिक कार्यक्रममा तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्ने गरी बजेट स्वीकृत भएको हुँदा “स्थानीय तहसँगको सहकार्यमा बाल विकास केन्द्रको स्तरोन्नति सम्बन्धी कार्यविधि, २०८१ बमोजिम तपसिलमा उल्लेख गरिए अनुसारको कागजातहरू सहित बालविकास केन्द्र स्तरोन्नति सम्बन्धी योजना र कार्यविधिको अनुसूची-१ को ढाँचामा आवेदन यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र (२०८१ मंसिर २३ गतेसम्म) कार्यालय समयभित्र यस सामाजिक विकास कार्यालय, हेटौंडा, नेपालमा पेश गर्न मकवानपुर, चितवन र सिन्धुली जिल्ला भित्रका इच्छुक सामुदायिक विद्यालयहरूका लागि यो सूचना प्रकाशित गरिएको छ ।

