प्रहरी चौकी हर्षीही जगाडी उद्घाटन कार्यक्रम दुधौली नगरपालिका , सिन्धुली।

Date : September 27, 2024
प्रहरी चौकी हर्षीही जगाडी उद्घाटन कार्यक्रम दुधौली नगरपालिका , सिन्धुली।

बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय श्री स्रोतचन्द्र लामिछाने को प्रमुख आतिथ्यता, बागमती प्रदेशका माननीय श्री मातृकाप्रसाद भट्टराई, माननीय सुष्पा भुजेल न्यौपाने जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख तथा उपप्रमुख, गाउँपालिकाका प्रमुख तथा प्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू र सम्बन्धित पालिकाका वडाध्यक्षहरू, सोही पालिकाका नागरिकहरूको उपस्थितिमा कार्यक्रम उद्घाटन भएको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्र. उ .गोविन्द राज काफ्लेज्यूबाट स्वागत मन्तव्य, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा भौतिक पूर्वाधार शाखाका प्रमुख प्र. ना .उ .इ .शम्भुप्रसाद कोइरालाबाट भवन निर्माण सम्बन्धी प्रतिवेदन, प्रमुख जिल्ला अधिकारी श्री लीलाप्रसाद शर्माबाट शुभकामना मन्तव्य, दुधौली नगरपालिका का नगरप्रमुख श्री दिनेश अधिकारी बाट शुभकामना मन्तव्य, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव श्री पूर्णबहादुर दर्जीबाट शुभकामना मन्तव्य, बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रमुख प्र ना म नि श्री कृष्ण हरि शर्माबाट कार्यक्रमलाई धन्यवाद दिँदै कार्यक्रम समापन घोषणा ।

Scroll to Top