Date : December 12, 2024
दुर्गा ढकाल आमा जसले प्रत्येक वर्ष आफ्नो जन्म उत्सवमा आफ्ना कृतिहरू पाठकहरूमाझ पस्कने गरेको पाइन्छ। आज ७८औ जन्म उत्सवमा भूस्वर्ग हो सिन्धुली पुस्तकको विमोचना बागमती प्रदेश सांसद माननीय शुष्पा भुजेल ले निजी निवास कमलामाई नगरपालिका ढकाल गाउँमा सिन्धुलीका साहित्यकार बुद्धिजीवी र लेखक स्रष्टाहरूको उपस्थितिमा विमोचन गर्नु भएको छ ।

