प्रधान मन्त्री कृषि आधुनिकिकरण परियोजना

Date : December 9. 2024
प्रधान मन्त्री कृषि आधुनिकिकरण परियोजना , जापान सरकार र जुनार किसानको पसीना बाट निर्मित जुनार शीतभण्डार लामो समय देखि अलपत्र अवस्थामा रहेको छ । यसको विषयमा प्रभावकारी छलफल र नीतिगत व्यवस्थाको लागि पहल र जिम्मेवारी कस्ले लिने कृषकको मुख्य चासोको विषय रहेको छ । यो भण्डारको अवस्थाले गर्दा अन्य योजना सरकार संग माग राख्दा निकै असर परिरहेको छ । यसको उपचार गर्न अघि नबढेमा अरु धेरै रोगहरु लाग्ने खतरा देखिन्छ । जसलाई अनुगमन पूर्व मन्त्री माननीय गंगानारायण श्रेष्ठ, माननीय शुष्पा भुजेल , जिल्ला समन्वय समिति प्रमुख कारसाङ लामा, जिल्ला समन्वय समिति उपप्रमुख शान्ता कार्की , प्रदेश योजना आयोगका उपाध्यक्ष लगायतको उपस्थिति रहेको थियो।।
कमलामाई नगरपालिका
सिन्धुली ।

Scroll to Top